काठमाडौं- आईपीओ निष्कासशनको तयारीमा रहेको मारुती सिमेन्ट्सले वार्षिक साधारण सभा कात्तिक २३ गते बोलाएको छ । विराटनगरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११।३० बजेदेखि सुरु हुने बताएको छ।
उक्त सभा कात्तिक ११ गते आयोजना हुने तय भएको थियो। तर कम्पनीको सञ्चालक समितिको बैठकले ३० औं वार्षिक साधारण सभाको मिति परिवर्तन गरेको हो।
मारुती सिमेन्ट्सले आईपीओ निश्कासनको अनुमति माग गर्दै गत पुस २६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा १७७ रुपैयाँ प्रिमियम थपेर कुल प्रतिकित्ता २७७ रुपैयाँको दरले आईपीओ निष्कासशनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ निष्काशनको माग गरेको छ । कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाएपछि ४ अर्ब ३७ करोड ३२ लाख रुपैयाँबराबरको १ करोड १६ लाख कित्ता आईपीओ जारी गर्नेछ ।
प्रतिक्रिया