भुटानलाई हराउँदै बंगलादेश पुग्यो फाइनलमा

आइतबार, ११ कार्तिक २०८१, १५ : ४६

काठमाडौँ - नेपालमा जारी साफ महिला फुटबल च्याम्पियनसिपमा साविक विजेता बंगलादेश फाइलनमा पुगेको छ ।

दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा भुटानलाई ७-१ गोलले हराउँदै बंगलादेश फाइनल पुगेको हो । बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरिन् । सबिना खातुनले गरिन् । खेलको ७ औँ मिनेटमा रितु पोर्ण चक्माको गोलमा बंगलादेशले अग्रता लिएको थियो ।

बंगलादेशले उपाधिका लागि नेपाल र भारतबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
 

आइतबार, ११ कार्तिक २०८१, १५ : ४६

प्रतिक्रिया