सनलाइफ क्यापिटलद्वारा धितोपत्र बजारका लगानीकर्ता सम्बन्धी शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न

आइतबार, ११ कार्तिक २०८१, १६ : १२

काठमाडौं - सन नेपाल लाइफ  इन्स्योरेन्स कम्पनी लि.को सहायक कम्पनी सनलाइफ क्यापिटल लि. ले विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरु,युवाविद्यार्थीहरु, व्यवसायिक महिला, उद्योग व्यवसायिहरु लक्षित गरेर लगानीकर्ता शिक्षा तथा सचेतना सम्बन्धी कार्यक्रम आयोजना गरेको छ । 

धितोपत्र बोर्डको समन्वयमा देशव्यापीरुपमा धितोपत्र बजारसँग सरोकार राख्ने विभिन्न संघसंस्थाहरुको सहभागितामा विश्व लगानीकर्ता सप्ताह २०२४को अवसरमा आयोजना भईरहेका विभिन्न लगानीकर्ता शिक्षा तथा सचेतना सम्बन्धी कार्यक्रम अन्तर्गत सनलाइफ क्यापिटल लि. लेयहि २०८१कार्तिक ८ गते आम लगानीकर्ताहरु, व्यवसायिक महिला तथा व्यवसायिक व्यत्तित्वहरुको सहभागितामा बनेपाको होटल उग्रचण्डिमा लगानीकर्ता शिक्षातथा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो।

उक्त कार्यक्रममा नेपाली धितोपत्र बजारको पृष्ठभुमि,नेपाली धितोपत्र बजारको प्राविधक विकास, लगानीका आधारभुत पक्षहरु,धितोपत्र बजारमा हुने धोकाधडी तथा घोटालाको रोकथाम , सामुहिक लगानी कोष र योजना सम्बन्धि  बृहत जानकारी र लगानी व्यवस्थापन सम्बन्धी विषयहरु समेटेर प्रस्तुतिकरण र अन्तरकृया गरिएको थियो । 

साथै युवा विद्यार्थीहरुलाई लक्षित गरेर World Investor Week २०२४को अवसरमा सनलाइफ क्यापिटल लि. ले यहि २०८१कार्तिक ११ गते Everest Secondary Boarding School गिल्कोपाखा, काठमाण्डौंमा धितोपत्रबजार तथा वस्तु विनियमबजार सम्बन्धि शिक्षातथा सचेतनाकार्यक्रमआयोजनागरिएको थियो । 

कार्यक्रममा वित्तिय बजार, धितोपत्रबजार सम्बन्धी जानकारी गराउनुको साथै लगानीगर्दा ध्यानदिनुपर्ने कुराहरु, प्राथमिक र दोस्रो बजार सम्बन्धीजानकारी र धितोपत्रबजारमागरिने कारोबारको व्यवहारिक ज्ञान प्रदानगरिएको थियो जसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।  

सनलाइफ क्यापिटल लि.धितोपत्रबोर्डबाट स्विकृतप्राप्त मर्चेन्ट बैंकर हो जसले मर्चेन्ट बैंकिङ्ग व्यवशाय अन्र्तगत लगानी व्यवस्थापन र धितोपत्र प्रत्याभूति सेवा प्रदान गर्दै आइरहेको छ । 
 

आइतबार, ११ कार्तिक २०८१, १६ : १२

प्रतिक्रिया