आइसीसी विश्वकपः अमेरिकासँग नेपालको हार

सोमबार, १२ कार्तिक २०८१, ०७ : २१

काठमाडाैँ- आइसिसी विश्वकप लिग २ अन्तर्गत अमेरिकामा जारी सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल घरेलु टोलीसँग ३ विकेटले पराजित भएको छ।

अमेरिकाको डलासको ग्रान्ड प्रिएरीमा गएराती भएको खेलमा नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ४९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गरेको थियो। अमेरिकाका शायन जहानगिरले १०४ रनको शतकीय इनिङ खेले भने कप्तान मोनाक पटेलले ६२, हर्मित सिंहले ५७ रन र शाड्ली भान साल्वेकले २९ रन बनाए ।

नेपालको बलिङ तर्फ कुशल भुर्तेलले ४ विकेट लिएका थिए भने यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २८६ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रनको योगदान गरेका थिए। अनिल शाहले ५६, आसिफ शेखले ५२ र आरिफ शेखले ३७ रनको योगदान दिए । बलिङतर्फ अमेरिकाका नोष्थुश केन्जिगेले सर्वाधिक ४ विकेट लिएका थिए ।
 

सोमबार, १२ कार्तिक २०८१, ०७ : २१

प्रतिक्रिया