हिमालयन लघुवित्तले लाभांश वितरण नगर्ने

मंगलबार, १३ कार्तिक २०८१, ११ : १७

काठमाडौं- हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने भएको छ। संस्थाको कात्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०÷८१ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। 

साथै बैठकले असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरुमाथि छलफल भई स्वीकृत गर्ने निर्णय समेत गरेको छ। 
 

मंगलबार, १३ कार्तिक २०८१, ११ : १७

प्रतिक्रिया