काठमाडौं- नेपाल र बंगलादेशबीच आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेलको लाइभ काठमाडौंका तीन ठाउँमा देखाइने भएको छ ।
काठमाडौं महानगरपालिकाले नेपाल र बंगलादेशबीच हुने फाइनल खेल टुँडिखेल, चाबहिल गणेशस्थान चौर र सानो गौचरणमा लाइभ देखाउने व्यवस्था गरेको हो । खेल साँझ साढे ६ बजेदेखि सुरू हुनेछ । सेमिफाइनलमा नेपालले भारतलाई र बंगलादेशले भुटानलाई हराएर फाइनल यात्रा तय गरेका हुन् ।
प्रतिक्रिया