नागढुंगा बचत तथा ऋण सहकारी संस्थाको झण्डै पाँच करोड हिनामिना

तीनजनाविरुद्ध पक्राउ पूर्जी जारी

शुक्रबार, १६ कार्तिक २०८१, १२ : ४२

काठमाडौं- फलेवास नगरपालिका–१, कार्किनेटामा सञ्चालित नागढुंगा बचत तथा ऋण सहकारी संस्थाको झण्डै पाँच करोड हिनामिना भएको छ । ग्रामीण क्षेत्रका नागरिकले सहकारीमा बचत गरेको चार करोड ८० लाख हिनामिना भएको हो । रकम हिनामिना भएका बचतकर्ताको उजुरीपछि सहकारीका कोषाध्यक्ष दीर्घनारायण शर्मा पक्राउ परेका छन् ।

तीनजनाविरुद्ध पक्राउ पूर्जी जारी भएकामा सहकारीका अध्यक्ष गिरीनारायण श्रेष्ठ र व्यवस्थापक अनिलबहादुर केसी फरार रहेको स्रोतले बताएको छ ।

शुक्रबार, १६ कार्तिक २०८१, १२ : ४२

प्रतिक्रिया