काठमाडौं - हङकङ सिक्सेसको पूल ‘बी’को अन्तिम खेलमा नेपालले अस्ट्रेलियामाथि ११ रनको शानदार जित निकालेको छ।
यो जितसँगै नेपाल पूल ‘बी’को विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको हो । शनिबार बिहान हङकङको मोङ कक मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले अस्ट्रेलियालाई ११२ रनको चुनौती दिएको थियो। अस्ट्रेलियाले सबै विकेट गुमाएर सय रन बनाएको हो।
सुरुमा ब्याटिङ गरेको नेपालका लागि सन्दीप जोराले अर्धशतक पुरा गरे। उनले १६ बलमा पाँच चौका र चार छक्का प्रहार गर्दै ५१ रन बनाएका हुन्। हङकङ सिक्सेसमा उनको यो लागातार दोस्रो अर्धशतक हो। अघिल्लो खेलमा उनले इंग्ल्याण्डविरुद्ध १२ बलमै अर्धशतक बनाएका थिए।
यो जितसँगै नेपाल पूल ‘बी’ को विजेता बन्दै क्वाटरफाइनल पुगेको छ। पहिलो खेलमा नेपालले इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो। नेपालले क्वाटरफाइनलमा पूल ‘डी’ को श्रीलंका वा बंगलादेशसँग खेल्ने छ।
प्रतिक्रिया