आइसीसी लिग-२ : नेपाल अमेरिकासँग पराजित

आइतबार, १८ कार्तिक २०८१, ०८ : ०२

काठमाडौं- नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकासँग पराजित भएको छ। यस खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो।

अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछाएको नेपालले ४९.४ ओभरमा अल आउट हुँदै २४४ रन बनाएको थियो। यसअघि पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २८१ रन बनाएको थियो।

यो जितपछि अमेरिका लिग-२ को शिर्ष स्थानमा उक्लिएको छ। अमेरिकाको १२ खेलमा १६ अंक भएको छ। त्यस्तै नेपालको भने ११ खेलमा केवल ५ अंक छ।

अब नेपालले सिरिजको अर्को खेल सोमबार स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ।

आइतबार, १८ कार्तिक २०८१, ०८ : ०२

प्रतिक्रिया