काठमाडौं– आईसीसी विश्वकप लिग–२ क्रिकेटमा आज नेपालले स्कटल्यान्डसँग खेल्दै छ । खेल राति सवा १० बजे सुरु हुनेछ । अमेरिकामा रहेको नेपाली क्रिकेट टीमको यो अन्तिम खेल हो ।
यसअघि हिजो भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको थियो । अमेरिकाको डालसमा सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको थियो ।
अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २४४ रनमा अल आउट भएको थियो ।
प्रतिक्रिया