नेपाल र स्कटल्यान्डबीचको खेल रद्द

मंगलबार, २० कार्तिक २०८१, ०६ : ०७

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा भइरहेको नेपाल र स्कटल्यान्डबीचको खेल रद्द भएको छ ।

अमेरिकाको डालसस्थित ग्राउन्ड प्रेरी क्रिकेट रङ्गशालामा सोमबार राति सुरु भएको खेल आधिहुरीको सम्भावनासँगै रद्द भएको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १ ओभरमा २ रन बनाएपछि वर्षा भएको थियो । वर्षाका कारण रोकिएको खेल सुरु भएर ६ ओभर खेलेपछि मौमस प्रतिकूल भई पुनः खेल रोकिएको थियो ।

नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएपछि पुनः भएको वर्षाका कारण खेल रोकिएको हो । अमेरिकी समयअनुसार दिउँसो १ देखि ४ बजेसम्म आधिहुरीको सम्भावना रहेकाले खेल स्थगित भएको जनाइएको छ ।

खेल रद्द भएसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् ।

नेपालले आफूले खेलेका १२ खेलमध्ये २ वटामा मात्र जित हासिल गरेको छ । यस्तै ८ खेलमा हार र २ खेल रद्द हुँदा नेपाल ६ अंकका साथ सातौं स्थानमा छ । नेपालले अब लिग २ का खेल २०२५ को मेमा स्कटल्यान्डमा गएर खेल्नेछ । उक्त सिरिजमा नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

मंगलबार, २० कार्तिक २०८१, ०६ : ०७

प्रतिक्रिया