नेपालले आज थाइल्याण्डसँग भिड्दै

बुधबार, २१ कार्तिक २०८१, ०९ : ४८

काठमाडौँ- नेपाल आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको पहिलो खेलमा आज थाइल्यान्डसँग भिड्दैछ। नेपाल र थाइल्याण्डबीचको खेल (संयुक्त अरब इमिरेट्स) यूएईमा नेपाली समय अनुसार बुधवार दिउँसो ३ः१५ बजे सुरु हुनेछ।

कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता रहेको छ। नेपालले दोस्रो खेल कात्तिक २२ गते कुवेतसॅंग खेल्नेछ। कात्तिक २४ गते घरेलु टोलीसॅंग खेल्ने नेपालको चौथो खेल कात्तिक २५ गते थाइल्यान्डसॅंग हुनेछ।

पाँचौँ खेलमा कात्तिक २७ गते कुवेतसॅंग खेल्ने नेपालको‌ अन्तिम खेलमा कात्तिक २८ गते युएईसॅंग रहेको छ। ४ टोली सहभागी रहने छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ। विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ।

बुधबार, २१ कार्तिक २०८१, ०९ : ४८

प्रतिक्रिया