काठमाडौं– नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी मल्टिपल टि.भि जडान गर्ने व्यवस्था गरेको छ । यस अन्तर्गत ४ वटा वा सो भन्दा बढी टि.भि. जडान गर्ने कर्पोरेट ग्राहकहरुले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरु खरिद गर्न सक्नेछन् ।
यसैगरी ४ देखि १० वटा टि.भि जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स रु. २ हजार ९ सय अठ्तीस रुपैयाँमा १ वर्ष वारेन्टी सहित खरिद गर्न सक्नेछन् भने ११ वटा भन्दा बढी टि.भि जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स रु. २ हजार ८ सय पच्चीस रुपैयाँमा १ वर्ष वारेन्टी सहित खरिद गर्न सक्नेछन्।
यस सेवा सम्बन्धी आवश्यक जानकारीका लागि १९८ कल गरेर वा नजिकैको कम्पनीको
कार्यालयहरुमा सम्पर्क पनि गर्न सकिनेछ।
प्रतिक्रिया