काठमाडौं- यु–१९ टी–२० विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको आफ्नो दोस्रो खेलमा नेपालले कुवेत समक्ष १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनायो।
युएइको अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि पूजा महतोले सर्वाधिक ३४ रन बनाउँदा सना प्रभिनले २५ रन बनाएकी थिइन् । त्यस्तै ज्योतिषनीका मरासीनीले २३ रन बनाउँदा अलिसाकुमारी यादवले १५ रन बनाइन्।
कुवेतका लागि आयशा इकबाल पेवाकरले २ विकेट लिँदा जेफा जिलनी र अमिसा राम ओलाचेरीले समान १–१ विकेट लिए। यसअघि नेपालले आफ्नो पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको थियो। पहिलो खेलमा थाइल्याण्डलाई हराएको नेपालले दोस्रो खेलमा लगातार जितको लक्ष्यसहित मैदान उत्रिएको छ।
प्रतिक्रिया