मन्त्री नै कालोसूचिमा

शुक्रबार, २३ कार्तिक २०८१, १० : २३

काठमाडौं- नियम पालना नगर्ने १४ निर्माण व्यवसायी कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद कार्यालयको मंगलबारको निर्णय अनुसार विभिन्न सरकारी निकायबाट सिफारिस भएका ठकदार कम्पनी कालोसूचीमा राख्न सिफारिस गरेको हो ।

कालोसूचीमा पर्नेमा कांग्रेस नेता पूर्णबहादुर तामाङ मुख्य व्यक्ति रहेको कान्छाराम कन्सट्रक्सन, रमिला लामा मुख्य व्यक्ति रहेको एन.बी. कन्स्ट्रक्सन, टेन्डी शेर्पा मुख्य व्यक्ति भएको द कञ्चनजंघा कन्स्ट्रक्सन र सुबित श्रेष्ठ मुख्य व्यक्ति भएको बिरुवा कन्स्ट्रक्सन साढे दुई वर्षसम्म कालोसूचीमा परेका छन् । पूर्णबहादुर तामाङ ओली सरकारमा उर्जा राज्यमन्त्री छन् । 

यी कम्पनीहरुलाई तुम्लिङटार र बुटवलस्थित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेका थिए ।

यसैगरी रसुवाको नौकुण्ड गाउँपालिका कार्यालयको सिफारिसमा बुद्धिमान गोले मुख्य व्यक्ति भएको बी.जी. निर्माण सेवा प्रालि पोखरा पनि कालोसूचीमा परेको छ ।

इलामस्थित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयको सिफारिसमा गजेन्द्रप्रसाद पौडेल मुख्य व्यक्ति भएको पूजा कन्स्ट्रक्सन धनकुटा र जयप्रकाश साह हलवाई मुख्य व्यक्ति भएको साह निर्माण सेवा इनरुवा पनि कालोसूचीमा परेका छन् ।

उक्त सिफारिसमा परेका १४ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको कात्तिक २१ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको सार्ववनिक खरिद कार्यालयले जनाएको छ । 

कालोसूचीमा परेकाहरूले एक वर्ष दुई वर्ष ६ महिनासम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा अयोग्य हुन कार्यालयले जनाएको छ । कालोसूचीमा पर्नेहरुमा ६ वटा निर्माण व्यवसायीलाई सडक विभागसँग सम्बन्धीत काम नगरेका रहेका छन् ।  

null

शुक्रबार, २३ कार्तिक २०८१, १० : २३

प्रतिक्रिया