काठमाडौँ - पाकिस्तानले अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय खेलमा ९ विकेटले जित हासिल गरेको छ ।
अस्ट्रेलियाले दिएको १६४ रनको लक्ष्य पछाएको पाकिस्तानले २६.३ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै ३५ ओभरमा अल आउट हुँदै १६३ रन बनाएको थियो ।
यो जितपछि ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । अब सिरिजको तेस्रो खेल आइतबार हुने छ ।
प्रतिक्रिया