काठमाडौँ - नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत थाइल्याण्डलाई १४० रनको लक्ष्य दिएको छ ।
दुबईस्थित द सेभेन स्टेडियममा पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो । प्रतियोगितामा नेपालले ३ खेलमा २ जित र एक हार बेहोरेको छ । अंक तालिकामा नेपाल ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । नेपालले यसअघि थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो ।
त्यस्तै थाइल्याण्डले ३ खेलमा एक जित र २ हार बेहोरेको छ । नेपालले यस प्रतियोगितामा बुधबार कुवेतसँग र बिहीबार युएईसँग खेल्ने तालिका रहेको छ । छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् ।
प्रतिक्रिया