नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य

मंगलबार, २७ कार्तिक २०८१, १३ : १६

काठमाडौँ - युएईमा जारी आइसीसी यू-१९ महिला टि–२० विश्वकप छनोटको चौथो खेलमा नेपालले कुवेतलाई २१४ रनको विशाल लक्ष्य दिएको छ । 

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कप्तान पूजा महतोको शतकीय पारीको मद्दतले २० ओभरमा २ विकेट गुमाउँदै २१३ रन बनाएको हो। नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो। त्यस्तै कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ।

नेपालले यस प्रतियोगितामा बिहीबार युएईसँग खेल्ने तालिका रहेको छ। छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन्। डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ।
 

मंगलबार, २७ कार्तिक २०८१, १३ : १६

प्रतिक्रिया