काठमाडौँ - मेरो माइक्रोफाइनान्सले लघुवित्त सम्बन्धी आधारभूत तथा व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।
तीन दिने तालिम समारोहलाई सम्बोधन गर्दै फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले ग्रामीण भेगमा वित्तीय पहुँच बिस्तार गरेर वित्तीय साक्षरता प्रदान गर्दै आएको बताए ।
उक्त अभिमुखीकण तालिममा लघुवित्तको परिचय, नेपालमा लघुवित्तको वर्तमान अवस्था, संस्थाको परिचय, संस्थाको उद्धेश्य, कार्यक्षेत्र तथा लघुवित्त कार्यक्रमको काम गर्ने तौर तरीका बारेमा सहभागीहरुलाई जानकारी दिइएको थियो ।
तालिममा देशभरका नवनियुक्त ५० जना कर्मचारीहरु, नायब प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल, वरिष्ठ ब्यवस्थापक राजु प्रसाद पुडासैनी तथा विभिन्न बिभागका प्रमुख तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया