काठमाडौं– आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको निर्णायक खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल यु–१९ महिला टि–२० विश्वकपमा पहिलो पटक छनोट भएको छ । युएईले दिएको ८४ रनको लक्ष्य १५ ओभरमा पूरा गर्दै नेपाल आगामी वर्ष मलेसियामा हुने विश्वकपमा छनोट भएको हो ।
युएईको अजमानस्थित द सेभेन रंगशालामा भएको खेलमा घरेलु टोली युएईले टस जितेर पहिले ब्याटिङ गर्दे २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । उक्त लक्ष्य नेपालले २ विकेट गुमाएर १५ ओभरभित्रै पूरा गरेको हो । युएईलाई रनरेटमा पछि पार्न नेपालले १६.२ ओभरमा लक्ष्य पूरा गर्नुपर्ने थियो ।
प्रतिक्रिया