‘होनर एक्स ७सी’ नेपाली बजारमा

विहीबार, २९ कार्तिक २०८१, १२ : ५७

काठमाडौँ - ग्लोबल टेक्नोलोजी ब्राण्ड अनरले बजेटमैत्री ग्राहकहरूका लागि ‘होनर एक्स ७ सी’ले उत्कृष्ट फोन नेपाली बजारमा ल्याएको छ ।

यो फोनमा ग्राहकले आफूलाई चाहिने सबै सुविधाहरु पाउने छन् । जसमा लामो ब्याट्री लाइफ, ठूलो स्टोरेज, स्पष्ट फोटोग्राफी साथै हरेक कुरामा थप सुविधाहरु पाउन यो मोबाइल उपयुक्त हुने कम्पनीले बताएको छ ।

यसमा रहेको ६००० एमएएच ब्याट्रीले बारम्बार चार्ज गर्न नपर्ने सुविधा छ । ३०० प्रतिशतसम्म बलियो आवाज दिने डुअल स्टीरियो स्पिकरले स्पिकरको पनि उपलब्धताले यो मोबाइलाई अझै निर्खाछ ।

यो फोनमा अल्ट्रा-पावर-सेभिङ मोड प्रयोग गर्दा, मात्र २ प्रतिशत ब्याट्रीमा पनि ७५ मिनेटसम्म कल गर्न सकिन्छ । यी धेरै फिचरसहित स्मार्टफोनले ग्राहकले हालसम्म देखेकाभन्दा धेरै सुविधा प्रदान गरेको कम्पनीले जनाएको छ। साथ ग्राहकले थप सुविधाहरुको उपयोग गर्नसक्ने कम्पनीको दाबी छ ।

यही नोभेम्बर ११ मा सार्वजनिक भएको होनर एक्स ७सीको मूल्य २४ हजार ९९९ रुपैयाँ पर्छ । र यसलाई दराजलगायत विभिन्न अनलाइन स्टोरहरुबाट पनि ग्राहकले खरिद गर्न सक्छन् ।

विहीबार, २९ कार्तिक २०८१, १२ : ५७

प्रतिक्रिया