यू–१९ महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिँदै क्यान

विहीबार, २९ कार्तिक २०८१, १७ : ५४

काठमाडौँ - आइसिसी महिला यू-१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली यू-१९ टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार दिइने भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीलाई बधाई दिँदै पुरस्कार दिने घोषणा गरेको हो । क्यानले नेपाली टोलीका अफिसियलहरुलाई जनही १ लाख ५० हजार रुपैयाँ प्रदान गर्नेछ। 

यसअघि बुधवार युएईमा सकिएको एसिया छनोटमा घरेलु टोलीलाई पछि पार्दै नेपाली टोली विश्वकपमा पुगेको थियो। 

विहीबार, २९ कार्तिक २०८१, १७ : ५४

प्रतिक्रिया