दक्षिण अमेरिकी विश्वकप छनोट

हारका बाबजुत शीर्ष अंकमै अर्जेन्टिना

शुक्रबार, ३० कार्तिक २०८१, ०७ : ५०

काठमाडौ — विश्व च्याम्पियन अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटमा शुक्रबार पाराग्वेको हातबाट २–१ ले पराजित भएको छ । हारका बाबजुत अर्जेन्टिना अंक तालिकाको शीर्षमै छ । अर्जेन्टिनाले लउतारो मार्टिनेजको गोलले सुरुआती अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन ।


पाराग्वेका लागि एनटोनिओ सानाब्रिआ र ओमनर एलडेरेटले गोल गरे । अर्जेनिटनाको २२ अंक छ भने पाराग्वको १६ अंक भएको छ र छैटौं स्थानमा छ । यसअघि ब्राजिलले भेनेजुएलासँग १–१ को बराबरी खेलेको थियो ।


भेनेजुएलाले टेलास्को सेगोभियाको गोलको मद्दतले दोस्रो हाफको सुरुमै अग्रता लिएको थियो । ब्राजिललका लागि ६२ औं मिनेटमा भिनिसियस जुनियनरले बराबरी गोल फर्काए । रियल म्याड्रिड खेलाडीले पेनाल्टीबाट गोल गरेका हुन् ।

यो नतिजापछि ब्राजिल १७ अंकमा तेस्रो स्थानमा उक्लेको छ र उसको विश्वकप छनोट यात्रा लयमा फर्केको छ । यसअघि लगातार खराव प्रदर्शनका कारण ब्राजिलको विश्वकप छनोट सम्भावना कमजोर बनेको थियो ।

शुक्रबार, ३० कार्तिक २०८१, ०७ : ५०

प्रतिक्रिया