काठमाडौँ - सोफा तथा फर्निचरका सामान खरिद गर्दा तीन जना भाग्यशाली विजेताले युरोप भ्रमणको अवसर प्राप्त गरेका छन् ।
दसैँ, तिहार र छठ पर्वको अवसरमा सोफा हब काठमाडौँले सञ्चालन गरेको सोफा तथा फर्निचरका सामान खरिद गर्दा तीन जना भाग्यशाली विजेताले युरोप भ्रमणको अवसर प्राप्त गरेका हुन् ।
यो अफरको बिहीबार आयोजित एक कार्यक्रमका बिच घोषणा गरिएको हो । जसअनुसार चितवनका भुमेश्वर ढकाल, काठमाडौँकी निर्मला कार्की र पोखराकी निर्मला पहाडी विजेता भएको सोफा हबले जनाएको छ ।
लक्की ड्र मार्फत तीन जना विजेता छानिएसँगै उनीहरुलाई युरोपस्थित अजरबैजानको बाकु भ्रमणको अवसर प्रदान गरिने सोफा हबले जनाएको छ । यो योजना अन्तर्गत सोफा हबमा सोफा तथा फर्निचर खरिद गर्दा ग्राहकहरूले एउटा कुपन पाएका थिए । यही कुपनको आधारमा लक्की ड्र बाट विजेता घोषणा गरिएको हो ।
सोफा हबले सामाखुशी रेडनस्थित कोइराला मार्ट,कलंकी , गोठाटार हाईट पोखरा, नेपालगन्ज ,चितवनको लङ्कुबाट हरेक किसिमको सोफा तथा फर्निचरका सामग्री उत्पादन तथा बिक्री गर्दै आइरहेको छ।
प्रतिक्रिया