महिला एसियन च्याम्पियन्स ट्रफी

भारतले चीनलाई हरायो, अब जापानसँग भिंड्दै

आइतबार, ०२ मंसिर २०८१, ०७ : २६

काठमाडौं- चीनलाई पराजित गर्दै भारत महिला एसियन हक्की च्याम्पियन्स ट्रफीको सेमिफाइनल पुगेको छ । बिहारको राजगीरमा भएको महिला एसियन च्याम्पियन्स ट्रफीको खेलमा भारतीय महिला हक्की टोलीले चीनलाई ३–० ले हराएको हो ।

च्याम्पियन्स ट्रफीमा भारतीय महिला हक्की टोलीको यो लगातार चौथो जित हो ।

यसअघि भारतले थाइल्याण्ड, मलेसिया र दक्षिण कोरियालाई पराजित गरिसकेको थियो । अब भारतीय टोलीले आफ्नो अर्को खेल आज जापानसँग खेल्नेछ ।

आइतबार, ०२ मंसिर २०८१, ०७ : २६

प्रतिक्रिया