काठमाडौँ- चौधरी ग्रुपले सरकारको कुल राजस्व संकलनमा झण्डै दुई प्रतिशत (१.९६ प्रतिशत) को योगदान पुर्याएको छ । सरकारलाई आर्थिक वर्ष २०८०/०८१ मा चौधरी ग्रुपले १८ अर्ब ५२ करोड ५७ लाख रुपैयाँ बराबरको कर तिरेको हो ।
आर्थिक वर्ष २०७९/०८० को तुलनामा चौधरी ग्रुपले पछिल्लो आर्थिक वर्षमा राजस्वमा पुर्याएको योगदान २ अर्ब ३८ करोडले बढी छ। आर्थिक वर्ष २०७९/०८० मा ग्रुपले १६ अर्ब १४ करोड रुपैयाँ कर तिरेको थियो ।
बितेको पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७६ अर्ब ५४ करोड रुपैयाँ कर तिरेको छ। आर्थिक वर्ष २०७६/७७ मा ९ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/ ७९ मा १७ अर्ब ७२ करोड, २०७९/८० मा १६ अर्ब १४ करोड, २०८०/८१ मा १८ अर्ब ५२ करोड रुपैयाँ कर सरकारी ढुकुटीमा दाखिला गरिएको छ ।
सरकारले गत आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको समयमा चौधरी ग्रुपको योगदान भने गत आर्थिक वर्षको तुलनामा १५ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया