काठमाडौँ- सोल्टी होटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । होटलले आफ्नो ५०औँ वार्षिक साधारण सभा पुस ४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा बोलाएको हो ।
सभामा होटलले २०८०/८१ को आर्थिक वर्षको मुनाफाबाट नगदसहित ३६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पेस हुने होटलले जारी गरेको सूचनामा उल्लेख छ ।
होटलले १० प्रतिशत बोनस शेयरसहित २६.८४२१ नगद गरी कुल ३६.८४२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ५.२६३२ प्रतिशतले बढी हो ।
आर्थिक वर्ष २०७९.८० मा होटलले ५ प्रतिशत बोनस शेयरसहित २६.५७८९ प्रतिशत नगद गरी कुल ३१.५७८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया