सेन्सेईको दशैं-तिहार योजनाका विजेतालाई टिभी हस्तान्तरण

विहीबार, ०६ मंसिर २०८१, १६ : ०६

काठमाडौं - दशैं, तिहार तथा छठ पर्व २०८१ लाई मध्यनजर गरि उत्सव खुसीयाली घर भित्रयाऔं सेन्साई यसपाली योजना अन्गर्तत बहुसंख्यक ग्राहकवर्गहरु मध्येबाट भाग्यशाली विजेतालाई ६५ इन्च को यु.यच.डि टि.भी हस्तान्तरण गरेको छ ।

चौधरी ग्रुप अन्तर्गतरहेको सेन्साई ब्राण्डले उत्सव खुशियाली योजना भाद्र २३ गते देखि नेपाल अधिराज्यभरी सिमित अवधिका लागि लागु गरेको थियो । यस योजनामा सहभागी हुन सेन्सेईको कुनै पनि घरायसी समानको खरिदगरी दिईएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरि सहभागी हुन सकिन्थ्यो ।

सेन्सेईको ३२ इन्च टि.भी.को खरिदमा सिन्धुली निबासि श्री कोमल बहादुर खत्रीले ६५ इचनको टि.भी. लक्की ड्र मार्फत प्राप्त गरेका छन् । चौधरी ग्रुप अन्तर्गत सेन्सेई ब्राण्डले टि.भी. वासिङ मेसिन, रेफ्रिजेरेटर, एयर कुलर, चेष्टफ्रिजर, सोकेस, भ्याकुम क्लिनर नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।
 

विहीबार, ०६ मंसिर २०८१, १६ : ०६

प्रतिक्रिया