सूर्य नेपाल गल्फमा पहिलो दिन तोरनको अग्रता

सोमबार, १० मंसिर २०८१, १७ : २३

काठमाडौं - सूर्य नेपाल गल्फ टुर अन्तर्गत सेन्ट्रल ओपनको पहिलो दिन तोरनविक्रम शाहीले अग्रता लिएका छन्  । 

पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सोमबार भएको खेलमा तोरनले पाँच अन्डर ६७ खल्ले । यस्तै चार अन्डर ६८ खेलेका भुवन नगरकोटी र सुनिल केसी दोस्रो स्थानमा रहेका छन् । तीन अन्डर ६९ खेलेका कृष्णमान राजबाहक तेस्रो स्थानमा रहेका छन्। 

एमेच्योरतर्फ दुई अन्डर ७० स्कोरका साथ राहुल विश्वकर्मा शीर्षस्थानमा रहेका छन्  । चार दिने प्रतियोगितामा १२ एमेच्योरसहित ४७ खेलाडीको सहभागिता रहेको छ । प्रोफेसनल गल्फर्स एसोसिएसन नेपाले आयोजना गरेको प्रतियोगितामा शीर्ष २१ प्रो र ६ एमेच्योर दुई दिनको ३६ होलपछि थप ३६ होलको फाइनल राउन्डका लागि छनोट हुनेछन् । 

कूल आठ लाख ८२ हजार पुरस्कार राशि रहेको यस प्रतियोगिताका विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो हुनेले ७५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । 

सोमबार, १० मंसिर २०८१, १७ : २३

प्रतिक्रिया