एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ

मंगलबार, ११ मंसिर २०८१, १४ : २१

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु-१९ एसिया कप क्रिकेट टिमलाई मंगलबार बिदाइ गरेको छ ।

आज एक कार्यक्रमको आयोजना गरेर क्यानले खेलाडीहरुलाई बिदाइ गरेको हो। मङ्सिर १४ देखि युएईमा हुने एसिसी यु-१९ एसिया कपमा भाग जाने हेमन्त धामीको कप्तानीमा आइतबार मात्र १५ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

धामीको कप्तानीमा टोलीको उपकप्तानमा अर्जुन कुमाल र खेलाडीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार रहेका छन्।

मंगलबार, ११ मंसिर २०८१, १४ : २१

प्रतिक्रिया