सिजी ब्राण्डले ल्यायो जाडो लक्षित नयाँ विन्टर प्रोडक्ट

मंगलबार, ११ मंसिर २०८१, १६ : ४८

काठमाडौं - सिजी ब्राण्डले ‘जाडोको पल न्यानो हरपल’ भन्ने नाराका साथ नयाँ विन्टर प्रोडक्ट्स सार्वजनिक गरेको छ ।

कम्पनीले चिसोमा न्यानो गराउन हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वासिङ्ग मेसिन, ए. सि. इत्यादि प्रोडक्टहरु सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार जाडो मौसममा तातो पानी पिउन सिजी र सिजी मेरिडियाको वाटर डिस्पेन्सर अनि वाटर हिटर छ भने पानी तातो राख्नलाई थर्मस तथा भ्याक्युम फ्ल्याक्स पनि उपलब्ध गराइएको छ । 

त्यसै गरी ओइल रेडिएटर हिटर, इलेक्ट्रिक हिटर अनि हिटर फ्यानको प्रयोग गरी जाडोमा पनि तातो रहन सहज बनेको छ । साथै, मोटरमा १० वर्षको वारेन्टी भएको वासिङ मेसिनले पनि जाडोमा लुगा धुन, अनि धोएको कपडा छिटै सुकाउन मद्दत पुर्‍याउने भएको छ । 

कम्पनीले आफ्ना विन्टर प्रोडक्ट्स जस्तै : वाटर डिस्पेन्सर, थर्मस, केटल, इलेक्ट्रिक अनि ग्याँस गिजर, रेडिएटर हिटर र ह्यालोजेन हिटरमा १२ महिनाको वारेन्टी दिँदै आएको छ ।

यी सामग्रीहरू सिजी स्टोरमा गएर अथवा घरै बसेर सिजीको वोइबसाइटबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ  ।

मंगलबार, ११ मंसिर २०८१, १६ : ४८

प्रतिक्रिया