काठमाडौं- नेपाल प्रिमियर लिगको प्रथम संस्करण (एनपीएल) को उद्घाटन खेलका सम्पूर्ण टिकेट सोल्ड आउट भएका छन् । प्रतियोगिताको आधिकारिक अनलाइन टिकेट पार्टनर खल्तीले टिकेट लाइभ गरेको तीन दिनमै सम्पूर्ण टिकेट बिक्री भएको हो ।
खल्तीले सोमबार मात्र एनपीएलका टिकेट आफ्नो डिजिटल वालेटमा लाइभ गरेको थियो । त्यसको एक दिनमै सम्पूर्ण भिआइपी टिकेट बिक्री भएकोमा अहिले सामान्य टिकट पनि सबै बिक्री भइसकेका छन् ।
उद्घाटन खेलमा भिआइपी टिकटको ७०० रुपैयाँ र सामान्य टिकटको मूल्य ३०० रुपैयाँ तोकिएको थियो । प्लेअफ र फाइनलबाहेका दिनमा भने साधारण टिकेट ३०० रुपैयाँ र भिआइपी टिकेट पाँच सय रुपैयाँ रहेको छ ।
त्यस्तै साधारण र भिआइपी दुवैका लागि सिजनल टिकेट समेत उपलब्ध गराइएको छ । जसअनुसार साधारण सिजनल टिकेटको मूल्य छुट सहित चार हजार ४८० रुपैयाँ रहेको छ भने भिआइपी सिजनल टिकेटको मूल्य छुटसहित आठ हजार २८० रुपैयाँ तोकिएको छ ।
१५ मंसिर देखि ६ पुससम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुने लिगमा आठ ओटा टिम भिड्दै छन् ।
प्रतिक्रिया