ओमानका पूर्व कप्तान जिसन मक्सूद एनपीएल खेल्न नेपाल आइपुगे

विहीबार, १३ मंसिर २०८१, १५ : ०७

काठमाडौँ- कर्णाली याक्समा अनुबन्ध भएका ओमानका पूर्व कप्तान जिसन मक्सूद नेपाल आइपुगेका छन् । बिहीबार उनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह–मालिक गृहेन्द्र घिमिरे,  हिमालयन विल्डर्स एन्ड इन्जियर्सका उपाध्यक्ष सुजन खनाल लगायतले स्वागत गरेका थिए ।

उनले ओमानको लागि ४८ एकदिवसीयमा १२७३ रन बनाएका छन् । त्यस्तै, ७३ टी२० खेलमा १३६९ रन बनाएका छन् । यसैगरी बलिङतर्फ टी२० आईमा ५१ विकेट लिएका छन् । उनी नेपाली क्रिकेटसँग नजिकबाटै परिचित पनि छन् ।

ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ । उनी एनपिएल खेल्ने सबैभन्दा ठूलो नाम हुन् ।

त्यस्तै, टोलीमा वेस्ट इन्डिजबाट टेष्ट खेलिसकेका चाडविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्व कप्तान जिसन मक्सूदलाई अनुबन्ध गरेको छ ।

टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन्।

विहीबार, १३ मंसिर २०८१, १५ : ०७

प्रतिक्रिया