काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा विराटनगरविरुद्ध जनकपुरले टस जितेको छ।
काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर बलिङ रोजेपछि विराटनगरले पहिले ब्याटिङ गर्ने भएको हो। पहिलोपटक हुन लागेको एनपीएलमा दुवै टोली सुखद् सुरुवातको योजनामा छन्।
जनकपुर अनिल शाह र विराटनगर सन्दीप लामिछानेको कप्तानीमा छन्।
प्रतिक्रिया