काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) का विजेताहरूका लागि पुरस्कार राशि घोषणा गरेको छ ।
क्यानका अनुसार उपाधि विजेताले १ करोड एक लाख रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै, दोस्रो हुने टोलीलाई ५० लाख रुपैयाँ दिने भएको हो । तेस्रो र चौथो टोलीले क्रमशः ३० लाख र २० लाख रुपैयाँ पाउनेछन् । क्यानको आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता छ ।
एनपीएलको अर्को आकर्षण भनेको खेलाडीले कार पाउनु पनि हो । नेपाली क्रिकेट इतिहामा खेलाडीले खेलेरै कार पाउने यो पहिलो पटक हुनेछ ।
प्रतिक्रिया