उद्घाटन खेलमा जनकपुरको सानदार जित

शनिबार, १५ मंसिर २०८१, १५ : ३६

काठमाडौं - नेपाल प्रिमिर लिग एनपीएलको उद्घाटन खेलमा जनकपुरले ८ विकेटको जित हात पारेको छ । 

विराटनगर १९ ओभरमा १२७ रन जोडेर अलआउट भयो। १२७ रनको लक्ष्य जनकपुरले १५ ओभर ३ बलमा २ विकेट गुमाउँदै १३१ रन बनायो ।

विराटनगरका लागि मार्टिन गप्टीलले सर्वाधिक ५५ रन, अकिब इलियास १५ रन, लोकेश बम ५ रन, निकोलस किर्तन ९ रन, बसिर अहमद र सन्दीप लामिछाने समान ७ र राजेश पुलामी १ रनमा आउट भए । यस्तै प्रतिश जिसी २ रनमा बोल्ड आउट भए।

जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिए। हर्ष ठाकेर र किशोर महतोले समान २ विकेट झारे। मोहम्मद मोहसिन र वेन माइकले समान एक विकेट आफ्नो नाममा गरे।

शनिबार, १५ मंसिर २०८१, १५ : ३६

प्रतिक्रिया