काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार मध्यराति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।
पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको निगमले जनाएको छ । काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पर्नेछ ।
हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर दुई र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका निम्ति प्रतिकिलोमिटर अमेरिकी डलर १५ का दरले बढाइएको छ । डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको छ ।

प्रतिक्रिया