टुपीएम स्न्याक्स् एण्ड नुडल्स्ले पायो “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

आइतबार, १६ मंसिर २०८१, १५ : ५४

काठमाडौं - नेपालको प्रिमियम तथा सबैभन्दा लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित भव्य समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार प्राप्त गरेको छ ।

यो पुरस्कार यस वर्ष भारतमा लन्च गरिएका सबैभन्दा आशाजनक ब्रान्डहरूको सम्मानमा प्रदान गरिएको र यसले प्रतिस्पर्धी बजारमा टुपीएमको उल्लेखनीय सफलतालाई देखाउँदछ । टुपीएम ब्रान्डको प्रतिनिधित्व गर्दै श्री वेदान्त जाजुले यो पुरस्कार ग्रहण गरेका हुन् । 

टुपीएमले आफ्नो नवीनतम दृष्टिकोण, उपभोक्ताहरूसँगको बलियो सम्बन्ध र लन्च भएदेखि नै देखाएको तीव्र वृद्धिको लागि यो सम्मान पाएको हो । आफ्ना विभिन्न स्वादिष्ट नुडल्स् तथा स्न्याक्स्का उत्पादनहरूको कारण टुपीएम चाँडै नै भारतीय उपभोक्ताहरूको मनपर्ने ब्रान्ड बन्न सफल भएको छ ।

यो सम्मानसँगै, टुपीएम स्न्याक्स् एण्ड नुडल्स्ले गुणस्तर, स्वाद, र नवीनतालाई प्राथमिकता दिँदै भारतीय उपभोक्ताहरूलाई सन्तुष्ट पार्दै आफ्नो यात्रा जारी राख्ने छ । “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कारले भारतीय खुद्रा बजारमा भविष्य निर्माण गर्ने सोच र सम्भावना बोकेका उदयमान ब्रान्डहरूलाई प्रोत्साहन गर्ने रिलायन्स रिटेलको प्रतिबद्धतालाई प्रस्तुत गर्दछ ।

अब टुपीएम स्न्याक्स् एण्ड नुडल्स् भारतभरका सबै आधुनिक व्यापार, ई–कमर्स र छिटो बिक्री वितरण हुने प्लेटफर्महरूमा उपलब्ध छन् ।

आइतबार, १६ मंसिर २०८१, १५ : ५४

प्रतिक्रिया