नेपाल डिपि लिमिटेड र लुम्बिनी लायन्सबीच सम्झौतामा

आइतबार, १६ मंसिर २०८१, १६ : ५०

काठमाडौं - नेपाल डिपि लिमिटेड, एक निक्षेप सदस्य (DP ) कम्पनी, (१० स्टक ब्रोकिङ्ग कम्पनीहरूले प्रवद्र्धन गरेको पब्लिक कम्पनी) ले आगामी नेपाल प्रिमियर लिग (NPL) २०८१ को लागि लुम्बिनी लायन्स फ्रेंचाइजसँग साझेदारी गरेको छ । 

नेपाल डिपि लिमिटेड फ्रेंचाइजको आधिकारिक क्यापिटल मार्केट पार्टनर हुनेछ । सम्झौतामा हस्ताक्षर नेपाल डिपि लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री अञ्जन राज पौड्याल र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर श्री राज जंग थापाको उपस्थितिमा भएको थियो ।

प्रायोजनको उद्देश्य नेपाली क्रिकेटलाई प्रवद्र्धन गर्नुका साथै विशेष गरी युवा पुस्ता एवं नेपाली जनमानसमा क्यापिटल मार्केट (Share Market) को बारेमा जनचेतना सिर्जना गर्नु हो । नेपाल डिपि लिमिटेडले यसको प्रवर्द्धक स्टक ब्रोकिङ्ग कम्पनीहरूको सहयोगमा एक वित्तीय साक्षरता छलफल कार्यक्रम (Panel Discussion Program)आयोजना गर्नेछ । कम्पनीले नेपाल प्रिमियर लिग (NPL)को अवधिमा आफ्ना सेवाहरूमा विशेष योजनाहरू पनि घोषणा गर्नेछ ।

लुम्बिनी लायन्स फ्रेंचाइजको नेतृत्व नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले गर्दै छन् । फ्रेंचाइजको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय खेलाडी आईपीएल  ई.सं. २०१६ विजेताका बेन कटिङ, पूर्व U-19 वल्र्डकप विजेता क्यानडाका कप्तान उन्मुक्त चन्द, साद बिन जाफर, इंगल्याण्डका टम मुअर्स र वेस्ट इन्डिजका रेयमन्ड सिमन्स छन् । सन्दीप जोरा, विवेक यादव र सूर्या तामाङ राष्ट्रिय स्टारहरू हुन ।

नेपाल प्रिमियर लिगमा आठ फ्रेंचाइजहरूमा सहभागी हुनेछन् र लुम्बिनी लायन्सले २०८१ मंसिर १९ मा विराटनगर किङ्ससँग पहिलो खेल खेल्नेछ ।

आइतबार, १६ मंसिर २०८१, १६ : ५०

प्रतिक्रिया