कर्णालीमाथि जनकपुरको सहज जित

सोमबार, १७ मंसिर २०८१, १७ : १९

काठमाडौं – नेपाली प्रिमियर लिग अन्तर्गतको खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले ८ विकेटको जित निकालेको छ । 

कीर्तिपुर मैदानमा कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५ दशमलव १ ओभरमा सहजै पूरा गरेको हो ।जनकपुरको जीतका लागि कप्तान एवम् ओपनर अनिल शाहले अर्ध शतक पूरा गरेका छन् ।

उनले अविजित ६३ रन प्रहार गरेका थिए । ४२ बलमा उनले ३ छक्का र ६ चौका प्रहार गरे । टिमको सर्वाधिक रन बनाउने पनि उनै हुन् । यो जनकपुरको दोस्रो जित हो । उद्घाटन खेल अर्थात् शनिवार भएको पहिलो खेलमा जनकपुरले विराटनगर किङ्ग्सलाई ८ विकेटले पराजित गरेको थियो ।

सोमबार, १७ मंसिर २०८१, १७ : १९

प्रतिक्रिया