सुदूरपश्चिम रोयल्सद्वारा विराटनगर किङ्सलाई १८३ रनको लक्ष्य प्रस्तुत

मंगलबार, १८ मंसिर २०८१, १० : ५६

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)अन्तरगत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १८३ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८२ बनायो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरे । २४ बलको सामना गरेका उनले ५ छक्का र ३ चौकाको मद्दतमा ५७ रनको अर्धशतकीय पारी खेले ।

मंगलबार, १८ मंसिर २०८१, १० : ५६

प्रतिक्रिया