काठमाडौं - चितवन राइनोजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा पोखरा एभेन्जर्समाथि ८७ रनको जित दर्ता गरेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा १३.२ ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमा समेटिएको हो ।
प्रतिक्रिया