एसिया कपमा नेपालले अफगानिस्तानलाई हरायो

मंगलबार, १८ मंसिर २०८१, १७ : ०७

काठमाडौं - युएईमा जारी यु १९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानमाथि जित दर्ता गरेको छ । 

दुबईको सारजाह क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले स्तब्ध बनाएको हो । अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य नेपालले ४१ ओभर ३ बलमा ९ विकेटको क्षतिमा पूरा गर्न सफल भयो । 

नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन बनाए । अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३, आकाश त्रिपाठीले ९ रन जोडे । कप्तान हेमन्त धामी २२ रनमा अविजित रहे ।

त्यसअघि टस जितेर पहिले बलिङ रोजेको अफगानिस्तानले ३५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय २३ रनको योगफल बनाएको थियो ।

अफगानिस्तानका लागि फैसल खानले सर्वाधिक ५२ रन जोडे । उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै खातीर खानले २६ बलमा १५ जोडे । अल्लाह गजान्फरले ११ तथा नासिर खानले १० रन जोडे ।

नेपालका लागि युनिश विक्रम सिंह ठकुरी र सन्तोष यादवले समान ३ तथा हेमन्त धामी, अभिषेक तिवारीले समान २ विकेट लिए ।

मंगलबार, १८ मंसिर २०८१, १७ : ०७

प्रतिक्रिया