जनकपुरले पोखरालाई ७ विकेटले हरायो

विहीबार, २० मंसिर २०८१, १२ : ३२

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ ।

जनकपुरको यो लगातार तेस्रो जित हो । जनकपुरले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७।१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

जनकपुरका लागि लाहिरु मिलन्थाले ४५ रन बनाए । उनले ३२ बलमा ८ चौका प्रहार गरे । जेम्स निशमले ४० रनमा अविजित रहे । उनले ५ छक्का प्रहार गरे । र, आसिफ शेखले ३३ रन बनाए ।

पोखराका लागि विपिन खत्री, माइकल लिस्क र कुशल भूर्तेलले १–१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १३८ रन बनाएको थियो ।

पोखराका लागि मार्कस क्रिचलेले ३५ र एन्ड्रिज गौसले २० रन बनाए । माइकल लिस्क २५ रनमा अविजित रहे । जनकपुर बोल्ट्सका लागि भने ललित राजवंशीले ३, जेम्स निशामले २ र मोहम्मद मोहसिनले १ विकेट लिए ।

विहीबार, २० मंसिर २०८१, १२ : ३२

प्रतिक्रिया