सुदूरपश्चिमले गर्‍यो काठमाडौंलाई ७३ रनले पराजित

विहीबार, २० मंसिर २०८१, १६ : २०

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले पराजित गरेको छ ।

यससँगै सुदूरपश्चिमले एनपीएलमा लगातार दोस्रो जित निकालेको छ । सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा दिएको १६८ रनको मध्य चुनौती पछ्याएको काठमाडौं १५.५ ओभरमै अलआउट हुँदै ९४ रनमा सीमित भएको हो ।

पराजित काठमाडौंका लागि स्टिफन स्किनाजीले मात्रै टिकेर खेल्दे ३७ रनको योगदान दिए । त्यसपछि सुमित महर्जनले १४ रन बनाए । उता भीम सार्की र गेर्हार्ड इरास्समसले १० र१० रनको योगदान दिए । 

काठमाडौंलाई धरासायी बनाउने क्रममा सुदूरपश्चिमका लागि नरेन साउद एक्लैले केबल १९ रन दिएर ५ विकेट झारे । साउदको कसिलो बलिङसामु काठमाडौंका ब्याटर धरासायी हुँदा १०० रन पनि छुन नसकेको हो ।

विहीबार, २० मंसिर २०८१, १६ : २०

प्रतिक्रिया