काठमाडौं - शनिबार सोल्टी होटल एवन बजार आयोजना हुने भएको छ । जसको अमेरिकी राजदूत डिन आर थम्पसनले बिहान ११ बजे उद्घाटन गर्नेछन् भने यस कार्यक्रममा नेपालमा रहेका विभिन्न देशका राजदूत तथा कूटनीतिज्ञहरूले सहभागिता जनाउनेछन् ।
एक सयभन्दा बढी स्टल रहने एवन बजारमा विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिले आफ्नो रुचीका आधारमा गरेका स्वदेशी उत्पादनलाई विशेष प्राथमिकता दिइँदै आएको छ । यस बजारमा स्टार्टअप कम्पनी, अर्गानिक प्रोडक्ट, विभिन्न किसिमका स्थानीय उत्पादन, फेसनवेयर, हस्तकलाका सामाग्री लगायतका स्टलहरु रहनेछन् ।
विभिन्न किसिमका आकर्षक स्थानीय रूपमा उत्पादन गरिएका क्रिसमस सजावटका सामाग्रीहरू समेत रहने यस एवन बजारमा बालबालिकाका लागि विशेष आकर्षण रहने छ । यस बजारमा बालबालिकाका लागि विभिन्न आकर्षक गेम तथा एक्टिभिटीहरु संचालन गरिनेछ । एवन बजारबाट संकलित रकम समेत एवनका च्यारिटेबल कार्यहरूमा खर्चिने गरिएको छ ।
७५ वर्ष अगाडि अमेरिकन एम्बेसीमा कार्यरत महिला तथा एक्स्प्याटस्ले सञ्चालनमा ल्याएको एक्टिभ उमन अफ नेपाल देशकै पुरानो परोपकारी संस्थामध्ये एक हो । जुन समयसँगै अमेरिकन एम्बेसीमा सीमित नभएर नेपालमा बसोबास गर्ने एक्स्प्याट र नेपाली एक्टिभ उमनको साझा संस्था बन्न पुगेको हो । भूकम्प, कोभिड, बाढी, पहिरो जस्ता दैवी प्रकोपमा विभिन्न किसिमका सहयोग गरेको एवनले असहाय तथा आर्थिक रूपमा विपन्न व्यक्तिलाई ह्विल चेयर वितरण, औषधी उपचार सहयोग, छात्रवृत्ति प्रदान लगायतका कार्यहरूमा सक्रियता जनाउँदै आएको छ ।
यहाँ स्मरणीय छ हाल एवन की अनररी प्रेसिडेन्ट अमेरिकी दुतावास की जेन क्रिल थाम्पसन रहेकी छिन् । उनी अमेरिकी राजदूत श्रीमती हुन् । सोल्टी होटल परिसरमा शनिवार बिहान ९ बजे देखी साँझ ६ बजे सम्म आयोजना गरिने एवन वजार बाट संकलित रकम आगामी वर्षका च्यारिटेबल कार्यहरूमा खर्च गरिनेछ ।
यो कार्यक्रमको महत्त्व बारे उजागर गर्दै एवन की प्रेसिडेन्ट बाबा सरकार श्रेष्ठ भन्छिन्, “यो एवन बजार मनोरंजनका लागि मात्र होइन, यो एउटा अवसर पनि हो, परोपकारी भावनाको साटासाटको । हामी बर्षेनी एवन बजार आयोजना गरेर नयाँ सालको स्वागतको तयारी मात्र होइन, परोपकारी हातहरू जुटाउने र एक ठाउँमा भेला भएर सहयोगका प्रतिबद्धताहरू पनि गर्छौँ ।”
यस एवन बजार २०२४ मा यात्रा म्यागेजिन, टर्किस एअरलाईन्स, नेपाल एअरलाईन्स, यती एअरलाईन्स, आइविवी वेवि डाईपर, केफ किचन एप्लाईन्सेस, अरुण चौधरी फाउण्डेसन, ग्लोबल आईएमई बैंक, सुमेरु हस्पिटल, ट्रान्क्विवालीटी स्पा, रुपिज् इन्टरनेशनल स्कूल र प्राईम बैंक लिमिटेडले प्रायोजन गरेको छ । यस कार्यक्रमको लागि होटल सोल्टी भेन्यू साझेदारको रूपमा रहेको छ ।
सोल्टी काठमाडौँका महाप्रबन्धक श्री अविनाश दशमुखले, समुदायको उत्थानका लागि समर्थन गर्ने द सोल्टी होटेल्स एण्ड रिसोर्ट्सको प्रतिबद्धतासँग मेल खाने कार्यक्रम एवन बजारको हिस्सा बन्न पाउँदा निकै उत्साहित भएको बताएका छन् ।
प्रतिक्रिया