एनपीएल: कम बलमा अर्धशतक पूरा गर्ने खेलाडी बने एन्ड्रिज

शुक्रबार, २१ मंसिर २०८१, १६ : १३

काठमाडौं - नेपाल प्रिमियर लिग अन्तर्गतको जारी खेलमा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सका ओपनर ब्याटर एन्ड्रिज गौसले अर्धशतक प्रहार गरेका छन् ।

अमेरिकाका ब्याटरसमेत रहेका उनले २० बलमा ५ चौका र ३ छक्का मदतमा अर्धशतक पूरा गरेका हुन् । यससँगै जारी एनपीएलमा एन्ड्रिज सबैभन्दा कम बलमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले २० बलमा ५२ रन बनाएका हुन् ।

यसअघि प्रतियोगितामा सूदरपश्चिका कप्तान दीपेन्द्रसिंह ऐरीले कम बल २३ बलमा अर्धशतक हानेका थिए । उनले २३ बलमा विराटनगर किङ्सविरुद्ध अर्धशतक पूरा गरेका थिए । जारी एनपीएलमा एन्ड्रिज अर्धशतक प्रहार गर्ने दशौं खेलाडी बनेका छन् । 

 

शुक्रबार, २१ मंसिर २०८१, १६ : १३

प्रतिक्रिया