काठमाडौं- यस साता नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतार चढाव कायम रहेको छ । आइतबारदेखि शुक्रबारसम्म भएको कारोबारमा समग्रमा सुन प्रतितोला ८ सयले घटेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको छ ।
साताको पहिलो दिनको तुलनामा कारोबार साताको तेस्रो दिन मंगलबार सुनको मुल्यमा वृद्धि भई शुक्रवार पुनः ओरालो लागेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा४ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार १२ सय रुपैयाँले घटेको थियो ।
यसै गरी मंगलबार १ हजार रुपैयाँ, बुधबार १ सय रुपैयाँ, बिहीबार ३ सय रुपैयाँले बढेको थियो । साताको अन्तिम दिन शुक्रबार भने सुनको मुल्य तोलामा ६ सय रुपैयाँले घटेको थियो ।
यो साता नेपाली बजारमा चाँदीको मूल्यले भने नयाँ रेकर्ड राख्दै प्रतितोला १ हजार ८ सय ९० रुपैयाँ कायम भएको थियो । । साताको पहिलो दिन आइतबार प्रतितोला १ हजार ८४० रुपैयाँ रहेको चाँदीको मूल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रवार भने ह्वातै बढेर प्रतितोला १ हजार ८ सय ९० रुपैयाँ कायम भएको थियो ।
कुन दिन कति थियो सुनको मूल्यः
आइतबार : १ लाख ५० हजार ५ सय रुपैयाँ
सोमबार: १ लाख ४९ हजार ३ सय रुपैयाँ
मंगलबार: १ लाख ५० हजार ३ सय रुपैयाँ
बुधबारः १ लाख ५० हजार ४ सय रुपैयाँ
बिहीबार: १ लाख ५० हजार ७ सय रुपैयाँ
शुक्रबारः १ लाख ५० हजार १ सय रुपैयाँ
प्रतिक्रिया