सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनीको लगातार तेस्रो हार

शनिबार, २२ मंसिर २०८१, १३ : ५५

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकालेको छ ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिमले फराकिलो जित निकालेको हो ।सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी  निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४२ रनमा समेटियो ।

लुम्बिनीका लागि विवेक यादवले नट आउट सर्वाधिक ७७ रनको योगदान दिए । सन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

सुदूरपश्चिमका लागि सेफ अलि जेब र ब्रेन्डन मक्मेलनले तीन–तीन तथा स्कट कुगेलेनले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८७ रन बनाएको हो ।
 

शनिबार, २२ मंसिर २०८१, १३ : ५५

प्रतिक्रिया