एनपिएलः विराटनगरलाई हराउँदै कर्णालीले निकाल्यो दोस्रो जित

शनिबार, २२ मंसिर २०८१, १६ : ३७

काठमाडौं  – नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले विराटनगर किङ्समाथि ७ रनको जित निकालेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न शनिबारको दोस्रो खेलमा विराटनगर किङ्सलाई हराउँदै कर्णाली याक्सले दोस्रो जीत दर्ता गराएको हो ।

कर्णालीले विराटनगर सामु १३४ रनको लक्ष्य पेश गरेको थियो । कर्णाली याक्सका लागि देव खनालले ४८ बलमा ५३ रन बनाउँदा विलियम बोसिस्टोले कर्णाली याक्सका लागि ४९ बलमा ६६ रनको योगदान दिएका थिए ।

शिखर धवन ५ र चाणविक वाल्टन १ रनमै पभेलियन फर्किएका थिए । यस्तै गुलसन झा १ बल खेलेर बिना कुनै रनमा आउट भएका थिए । कर्णाली याक्सका लागि जिसन मकसुदले ३ बल खेलेर २ रन जोड्दा अर्जुन घर्तीले ४ बलमा मात्र १ रनको योगदान दिए । नन्दन यादव, विपिनप्रसाद शर्मा भने बिना कुनै रन पभेलियन फर्किनु परेको थियो ।

विराटनगर किङ्सका लागि प्रतिश जीसीले ४ विकेल लिँदा वसिर अहमद र क्रिस सोलले समान २–२ विकेट लिएका थिए । अकिब इलियासले कर्णाली याक्सको १ विकेट झारेका थिए ।

 

शनिबार, २२ मंसिर २०८१, १६ : ३७

प्रतिक्रिया